सञ्चालक समिति र सेवाकेन्द्र उपसमितिहरूको क्षमता अभिबृद्वि तालिम जिरीमा सम्पन्न

सञ्चालक समिति र सेवाकेन्द्र उपसमितिहरूको क्षमता अभिबृद्वि तथा सहकारी संस्था सञ्चालनमा कानुनी जोखिम बिषयक तालिम दोलखाको जिरीमा सम्पन्न भएको छ ।

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि।को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।९नेफ्स्कून० को प्राविधिक सहयोगमा आयोजित एकदिने तालिममा संस्थाका पदाधिकारी,सञ्चालक समिति, विभिन्न १४ वटा सेवाकेन्द्र उपसमितिका सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका सदस्य, ऋण उपसमितिका सदस्यहरू, नेफ्स्कुनका लेखा सहायक चित्रप्रसाद भण्डारी, एकीकृत फ्रेण्डसिप बचत तथ ऋण सहकारी संस्था लि को का।मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्री सहित उच्च व्यवस्थापनका विभागिए प्रमुखहरूको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरूलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।९नेफ्स्कून० का प्रमुख कार्यकारी अधिकृत डाक्टर शिवजी सापकोटाले सहकारी सञ्चालनमा भईरहेको समस्या र ती समस्या समाधानका लागि गर्न सक्ने कानुनी प्रक्रियाहरूबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेफ्स्कुनका बरिस्ठ कार्यक्रम अधिकृत सुमनराज घिमिरेले पनि सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।