सिंगटीमा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार पुरस्कार

दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलंखाको आयोजनामा जिल्ला स्तरीय प्रथम वडाध्यक्ष कप ७ ए साइड वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुदको विकास, आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष काले शेर्पाले बताउनु भयो ।

विगु गाउँपालिका वडा नम्वर ५ चिलंखाको आयोजनामा गरिएको खेलमा बिगु, कालिन्चोक र गौरीशंकर गाउँपालिका अन्तर्गतका विभिन्न वडाका खेलाडीहरु सहभागी हुन पाउने छन् । खेल २०८३ कार्तिक १८ गते देखि २१ गते सम्म सिंगटीमा संचालन गरिने छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक १६ गते साँझ ७ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
विगु गाउँपालिका वडा नम्वर ५ वडा कार्यालयले अन्य विकासका क्षत्रहरु संगै खेलकुद क्षत्रलाई समेत प्राथमिकतामा राखेको र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रथम वडाअध्यक्ष कपको आयोजना गरिएको वडा अध्यक्ष काले शेर्पाले बताउनु भयो ।