वैतेश्वर गाउँपालिकाका किसानहरुलाई चार हजार किविका विरुवा वितरण

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको किबि खेती बिस्तार तथा प्रबर्द्धन कार्यक्रम अन्तर्गत पालिका भित्रका स्थानीय किसानहरुलाई ९० प्रतिशत अनुदानमा किबि फलको बिरुवा वितरण गरेको छ ।

वैतेश्वर गाउँपालिकाको सात वटा वडाहरुमा किबि खेतीयोग्य क्षेत्रको पहिचान गरि वडा नम्बर ६ बाहेकका सवै वडाहरुमा बुधबार किविको विरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले वडा नम्बर–१ का ३६ जना किसानलाई १६ सय विरुवा वितरण गरेको छ । त्यस्तै वडा नम्बर–२ का ६ जना किसानलाई दुई सय पाँच, वडा नम्बर–३ का २४ जना किसानलाई तीन सय ७०, वडा नम्बर–४ का २२ जना किसानलाई पाँच सय १३ वटा , वडा नम्बर–५ का ४ जना किसानलाई ९३ वटा, वडा नम्बर–७ का १४ जना किसानको लागि दुई सय दुई वटा र वडा नम्बर–८ का ४३ जना किसानलाई नौ सय ६५ वटा विरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले किसानलाई ९० प्रतिशत अनुदानमा हेवाड, मन्ट्टी, एलिसन जातको किबिको विरुवा वडागत रूपमा वितरण गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिनुभयो ।

वतेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा किविको राम्रो संभावना रहेको छ । किवीको लागि संभावित क्षत्रहरुको पहिचान गरी पालिकाले अनुदानमा किवि वितरण गरेको हो । पालिकाले यस वर्ष पालिकामै उत्पादन गरिएको विरुवालाई प्राथमिकता दिएर चार हजार ४४ वटा विरुवा वितरण गरेको हो