जिरी नगरपालिका वडा नम्बर ४ को फुजिङ प्राथमिक विद्यालय र वडा नम्बर ५ को चुर्दुङ्ग प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिरी नगरपालिका वडा नम्बर ४ का समाजसेवी प्रमिला काफ्ले खत्री र गोपाल कुमार श्रेष्ठको पहलमा विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो । जिरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदेमान जिरेलको उपस्थितीमा विधार्थीहरुलाई उक्त सामग्री हस्ताणतरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदेमान जिरेलले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पु¥याउने यस्ता सामाजिक कार्यको प्रशंसा गर्दै सहयोगी प्रमिला काफ्ले खत्री र गोपाल कुमार श्रेष्ठप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जिरीको शिक्षा क्षेत्रमा थप सुधार र विकासका लागि आफूले आगामी दिनमा पनि निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिरी नगरपालिका वडा नम्बर ४, माथिल्लो कुनेमा रहेको फुजिङ प्राथमिक विद्यालय २०७२ सालको विनासकारी भूकम्प पछि इटालियन नागरिकहरुको सहयोगमा निर्माण गरिएको थियो । उक्त विद्यालयलाई गोपाल कुमार श्रेष्ठ र प्रमिला काफ्ले खत्रीले हरेक वर्ष विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गर्दै आई रहनुभएको छ ।
विद्यालय तथा विद्यार्थीको आवश्यकता पहिचान गरी निरन्तर सहयोग गर्दै आएको भन्दै वडा अध्यक्ष जिरेलले श्रेष्ठ दम्पतीको सामाजिक योगदानको खुलेर प्रशंसा गरे ।
स्थानीय स्तरमा विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीलाई आवश्यक सामग्रीको उपलब्धता तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई अध्ययनमा सहजता प्रदान गर्ने यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने स्थानिय मकर तामाङले बताउनु भयो ।
कार्यक्रममा स्थानिय मकर तामाङ, ईश्वर कार्की तथा विशाल काफ्ले खत्री स्थानिय जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
