
चरिकोट, जिल्ला प्रहरी कार्यालय दोलखाले प्रहरी दिवसको अवसरमा चरिकोट सातदोवाटोमा वुहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी दिवसको अवसरमा प्रहरी कार्यलय दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधीक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा २ जना महिला सहित कुल २७ जनाले रक्तदान गरेको रेडक्रस दोलखाका सभापती भिम के.सीले बताउनु भयो । प्रहरी दिवसको अवसर पारेर प्रहरी कर्मचारीहरूमा मानवीय सेवाभाव अभिवृद्धि गर्नुका साथै रगतको अभाव हुन नदिने उद्देश्यले सातदोवाटोमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको दोलखा प्रहरी प्रमुख मनोज लामाले बताउनु भयो ।
कार्यक्रममा सहभागी भई रक्तदान गर्ने प्रहरी तथा अन्य सहयोगीलाई जिल्ला प्रहरी कार्यालयले प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरेको छ ।
