शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस दोलखाको १५ औ जिल्ला अधिवेशन चरिकोटमा भव्य उदघाटन

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस दोलखाको १५ औँ नियमित जिल्ला अधिवेशन चरिकोटमा सातदोवाटोमा भव्य उदघाटन भएको छ ।

१५ औँ नियमित जिल्ला अधिवेशनको १५ औँ माहाधिवेशन तयारी समितीका संयोजक तथा नेपाली काङग्रेसका नेता शशांक कोइरालाले कार्यक्रमको उदघाटन गर्नुभएको हो । कार्यक्रमको उदघाटन गर्नुहुँदै कोइरालाले एकताबाट मात्र देशको संवृद्धी र राष्ट्रिय स्वभिमानको रक्षाहुने बताउनु भयो । उहाँले आफनो प्रमुख उदेश्य भनेकै नेपाली काङग्रेस एकताबद्ध बनाउनुरहेको बताउनुहुँदै एकताको लागि सवै नेता कार्यकता आआफनो ठाउँबाट लाग्नका लागि आग्रह गर्नुभयो ।

नेपाली काङग्रेस दोलखाका संयोजक ताराबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रीय सदस्य एन्पी साउथ, मोहन बस्नेत, शिव हुमागाई लगाएतले सम्वोधन गर्नु भएको थियो । सभालाई सम्वोधन गर्नुहुँदै नेता भुपेन्द्र राईले आधिकारीक काङग्रेस शेरबहादुर देउवा नेतृत्वको रहेको र रुख र चारतारे झन्डालाई आँखा लगाएमा गगन थापाले त्यसको नकरात्मक असर भोग्नुपर्ने चेतावनी दिनुभयो । नेता कुन्दनराजले आफुहरु आधिकारीक काङग्रेस रहेको र यो वा त्यो नभनि सतप्रतिशत काङग्रेस बनाउने अभियानमा आफुहरु लागेको बताउनु भयो । काङग्रेस एकलैले आगामी चुनाव नजित्ने उल्लेख गर्नुहुँदै आफुहरु वन्दसत्र गर्न लागेको र सवै काङग्रेस नेताहरुलाई सहकार्य र सम्वादको लागि उहाँले आग्रह गर्नु भयो ।

सभालाई स्थानीय नेताहरु कुन्दनराज काफले, तारा बहादुर कोइराला, रुद्र बहादुर खड्का, पालिका अध्यक्षहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली काङग्रेसका पुर्व नेता तथा सहयोगीहरुलाई सम्मान गरिएको छ ।

अधिवेशनमा जिल्लाका नेता तथा कार्यकर्ताहरूका उत्साहजनक सहभागिता रहेको थियो ।