संविधान दिवसमा दोलखामा प्रभातफेरी सहित विविध कार्यक्रम सम्पन्न

दोलखा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा दोलखामा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

जिल्ला आयोजक मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी दोलखाका माननिय जगदिश खरेलले सातदोवाटोमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेपालको संविधान विश्वकै नमुना संविधान रहेको र त्यसको पुणै कार्यन्वयनले मात्र संविधानले पुर्णता पाउने बताउनुहुँदै कार्यन्वयनका पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । कार्यक्रममा सम्वोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलले वर्तमान अवस्थामा संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास तथा नागरिकका अधिकारको संरक्षणका विषयमा चर्चा गर्नु भएको थियो । जिल्ला समन्वय समिती दोलखाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष वर्जुराम घतानीनेपालीहरुको लामो त्याग र वलिदान पश्चान निर्माण भएको संविधानले नेपालीहरुको हक अधिकार संरक्षण गरेको त्यसको कार्यन्वयनमा लाग्नुपर्ने बताउनुहुुदै संविधान निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने सम्पुर्णलाई स्मरण गर्नुभएको थियो ।

चरिकोट सातदोवाटोबाट निकालिएको प्रभातफेरी संविधान दिवस सम्बन्धी ब्यानर सहित सहभागीहरू बजार क्षेत्र परिक्रमा गर्दै पुन सातदोवाटोमा सभामा परिणत भएको थियो । कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दलहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मी नागरिक, व्यवसायी, संचारकर्मीहरुको सहभागीता रहेको थियो ।