भिनपा वडा नम्वर ५ को आयोजनामा प्रथम वडा अध्यक्ष फुटवल प्रतियोगिता हुँदै

दोलखाको भिमेश्वर नगरपािलका वडा नम्वर ५ माटीको आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ ।

वडा कार्यालय माटीको आयोजनामा यहि पौष १४ गते देखि जिल्ला मावि स्तरिय खुल्ला पुरुष फुटवल प्रतियोगिता हुन लागेको वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो । यहि पौष १४ गते देखि बुढाभिमसेन खेल मैदान धरमघरमा आयोजना गरिने फुटवल प्रतियोगितामा जिल्ला स्थित माविमा अध्ययनरत खेलाडिहरु सहभागी हुन पाउने व्यवस्था गरिएको छ । वडा कार्यलयले खेल क्षत्रमा विनियोजन गरेको रकम बाट सो प्रथम वडा अध्यक्ष फुटवल कपको आयोजना गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

फुटवल प्रतियोगितामा विजयी हुने टिमले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उप विजेत टिमले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनल सम्म पुगेका दुई टिमलाई नगद दश दश हजार र उत्कृष्ट खेलाडि, सर्वधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत दुई दुई हजार सहित प्रमाणपत्रको व्यवस्था थरिएको छ । फिफाको नियम अनुसार खेलाईने खेलमा सहभागीताको लागि यहि पौष १० गते सम्म टिम दर्ता गर्नका लागि वडा कार्यलयले आग्रह गरेको छ ।