नेकपा एमाले मेलुङको दोस्रो अधिवेशन सम्पन्न, गोलेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवशेन सम्पन्न भएको छ ।\

नेकपा एमाले पालिका कमिटी मेलुङको दोस्रो अधिवेशन मेलुङ वडा नम्वर ४ लामाटार पिपलबोटमा वैशाख १३ गते सम्पन्न भएको हो । नेकपा एमाले दोलखाले यहि वैशाख मसान्त भित्र जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानिय तहमा अधिवेशन सम्पन्न गर्ने गरी अभियान सुरु गरेको छ । पालिका अधिवेशन अन्र्तगत मेलुङ गाउँपालिकाको अभिवेशन गर्दै पालिका अधिवेशन सुरु गरेको नेकपा एमाले दोलखाले जनाएको छ ।

नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीले आयोजना गरेको दोस्रो पालिका अधिवेशन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङले उदघाटन गर्नु भएको थियो । पालिका अधिवेशनको उदघाटन गर्नुहुँदै एमाले नेता गुरुङले स्थानिय तहका जनप्रतिनीधी र पार्टी विच सुमधुर सम्वन्ध हुनुपर्ने र नागरिकहरुको चहान र पार्टीको योजना अनुसार कार्यक्रमहरु संचालन गरिनु पर्ने बताउनु भयो ।
दोस्रो अधिवेशनले अम्विका गोलेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षमा नवराज खड्का सचिवमा भिम बहादुुर थापामगर, उप सचिवमा माण्डवी न्यौपाने, विकुन्द्र कोइराला चयन हुनुभएको छ । अधिवेशनले ४५ जनाको नयाँ कमिटी गठन गरेको इन्चार्ज सोम मोक्तानले बताउनुभयो । निर्वाचित नयाँ कमिटीलाई नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपदग्रहन गराउनु भएको थियो ।

नव गठित कमिटीका अध्यक्ष अम्विका गोलेले कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मेलुङ गाउँपालिकामा जहिले पहिले रहेको नेकपा एमालेलाई पहिलो पाटीमा स्थापित गराई रहनका लागि सवैलाई मिलाई समन्वय र सहकार्यमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य सरस्वती वस्नेत, वागमती प्रदेश सदस्य तथा माननिय भरत बहादुर केसी, कृष्ण भुजेल, लक्षमण गुभाजु, एमाले नेता डवल पाण्डे, पालिका अध्यक्ष हिरा कुमार थोकर, उपाध्यक्ष गायत्री आचार्य, एमाले नेता विदुर शर्मा लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।