जन्ती बोकेको बस दुर्घटनामा निधन भएका परिवारलाई खड्काको आर्थिक सहयोग

वैशाख ७ गते विहान दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको वस दुर्घटनामा परि मृत्यु भएका परिवारहरुलाई आर्थिक सहयोग गरेको छ ।

दुर्घटनामा परि निधन भएका तिन जनाको परिवारलाई नेकपा एमाले दोलखा जिल्ला कमिटी विपत ब्यबस्थापन बिभागका प्रमुख बिक्रम खड्काले आर्थिक सहयोग गर्नुभएको हो । विपद व्यवस्थापन विभागका प्रमुख खड्काले मृतकका प्रति परिवारलाई ६ हजारका दरले १८ हजार रुपौँया सहयोग गर्नुभएको हो । दुर्घटनामा परी मृत्यु् भएका ७० वर्षिय मान बहादुर थामी, वर्ष १८ को दिपेन्द्र थामी र वर्ष १७ को शिव श्रेष्ठको परिवारलाई आर्थिक सहगो गरिएको हो ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर १ सुस्पाक्षमावतीबाट विहेको जनती लिएर सिन्धुपाल्चोक पिस्कल जाँदै गरेको वस वैशाख ७ गते विहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ३ जनाको घटनास्थलमानै मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौको विभिन्न अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदावाहर अस्पतालमा उपचार भई रहेको छ ।