दर्पण संवाददाता
पवटी, श्रावण ३ गते
दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी स्थित सिम्टे जंगलमा आज विहान वस र्दुघटना भएको छ ।
र्दुघटनामा परी केहि व्यक्तिहरु घाइते भएका छन् । पवटी बाट चरिकोट जाँदै गरेको वा ५ ख ६५९० नम्वरको वस सिम्टेमा आज विहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरिक्षक रेशम बाहोराले जानकारी दिनु भयो । बाटो चिप्लो भएका कारण वस अन्यन्त्रीत भई सडक बाट तल खसेको थियो । घाइतेहरुलाई जेसिवीको सहायतामा उद्धार गरी उपचारको लागि चरिकोट लगिएको छ । थप विवरण आउन बाँकी छ । तस्विर शिव भुजेल

