दर्पन संबाददाता
बैशाख १५ चरिकोट
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि गौरीशंकर गाउँपालिकाले दुई लाख पच्चीस हजार सहयोग गरेको छ ।
आज गाउँपालिकाको कार्यालय सुरीमा अध्यक्ष सोयम बहादुर खड्काले पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई दुई लाख पच्चिस हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार महासंघको भवन लामाचौर चरिकोटमा निर्माण भईरहेको छ । सूचनामैत्री र अत्याधुनिक भवन निर्माण हुने भएकाले नगरपालिका गाउँपालिकाहरुले समेत सहयोग गर्दै आएको छ । विभिन्न व्यक्तिहरुको सहयोग र भीमेश्वर नगरपालिकाको सहयोगमा एकतले ढलन सम्पन्न भएको छ ।
यसअघि तामाकोशी, वैत्यश्वर, शैलुङ, विगु गाउँपालिकाले सहयोग गरिसकेको छ । महासंघको भवनमा अत्याधुनिक हल, पुस्तकालय, संग्रहालय र दोलखा जिल्लाको पहिचान झल्किने खालको हुनेछ ।