प्रथम शैलुङ महोत्सब शुक्रबारबाट सुरु महोत्सव तीन दिन सम्म चल्ने

दर्पन सम्बाददाता
बैशाख १४ शैलुङ
धार्मिक तथा पर्याटकिय स्थल शैलुङमा पहिलो शैलुङ महोत्सव २०७६ शुक्रबारबाट भइ रहेको छ।

तीन दिन सम्म चल्ने प्रथम शैलुङ महोत्सवको शुक्रबार संघीय सांसद पार्बत गुरुङ श्याम श्रेष्ठ र शान्ती तामङले उद्घाटन गर्नु भयेको थियो। महोत्सवको आज दोस्रो दिन पनि ख्यातिप्राप्त कलाकार हरुको साङगितिक प्रस्तुती सहित बिबिन सामग्रीको भब्य प्रदर्सन भइ रहेको छ । महोत्सवमा शैलुङ क्षेत्रमा उत्पादन हुने विभिन्न कृषि सामाग्री सहित उत्पादित बस्तुहरु प्रदर्शनीमा राखियेको छ । पर्याट्किय क्षेत्र शैलुङको अबलोकन तथा महोत्सब अबलोकनका लागि ठुलो संख्यामा मानिसहरु शैलुङ क्षेत्रमा उपस्थिति भयेका छ्न।

शैलुङ क्षेत्रलाइ प्राकृतिक सुन्दरताको रुप्मा बिकास गराइ पर्याटकिय गन्तब्यको रुपमा बिकास गराइ आन्तरिक तथा बाहिय पर्याटकको संख्या वृद्धि गर्ने उदेश्यले महोत्सवको आयोजना गरियेको मेलुङ गाउपालिकाको अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । कार्यक्रमको उद्घाटन गनुहुदै सांसद पार्बत गुरुङ्ले शैलुङ प्राकृतिक रुपमा आफै सुन्दर र पर्याटकिय क्षेत्र भयेकोले सबैले प्रचार प्रसार गर्नु पर्न बताउनु भयो ।
बुद्धको तपोभुमिको रुपमा समेत परिचित रहेको शैलुङ केही बर्षा पछि नेपालकै पर्याट्किय गन्तव्य हुने शैलुङ गाउपालिकाका अध्यक्ष भरत दुलालले बताउनु भयो ।

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ को पहिलो शैलुङ महोत्सब दोलखाको शैलुङगाउपालिका मेलुङ गाउपालिका र रामेछप को दोरम्बा गाउपालिकाको संयुक्त आयोजनामा भएको हो । तिनै गाउपालिकाले पालै पालो महोत्सवको आयोजना गर्ने भयेका छ्न जस अनुसार पहिलो महोत्सब दोरम्बा गाउपालिकको खोलाखर्कामा आयोजना गरियेको छ दोस्रो महोत्सब शैलुङको कालापानीमा र तेस्रो महोत्सब मेलुङको फुर्के सल्ला मा आयोजना हुने मेलुङ गाउपालिकाका अध्यक्ष नर श्रेष्ठले बताउनु भयो।