राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नवलपरासीको राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ सम्पन्न

दर्पण संवाददाता
चैत्र ३ ,  राष्ट्रिय सङ्गीतकर्मी सङ्घ जिल्ला शाखा नवलपरासीले आयोजना गरेको राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ भव्य र सव्य रुपमा सम्पन्न भएको छ।

नवलपरासीको बर्दघाटमा सम्पन्न उक्त अवार्डमा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा परेको छ।त्यसै गरि लोक दोहोरी तर्फको रचना नयन सोडारीू चिन्तितू गायक कुलेन्द्र बि क र गायिका बिष्णु माझी,चलचित्र तर्फको अवार्ड यम बराल र मीना निरौला,आधुनिक तर्फको अवार्ड मेलिना राई,मोडल लोक दोहिरी तर्फ महेन्द्र गौतम र करिष्मा ढकाल ,पप गित रचना तर्फ शरद राज मैनाली,लोक दोहोरी पपुलर तर्फ गायक हरि डाङ्गी,गायिका तर्फ गिता सेन्चुरी,नव गायिका बिन्दा परियार,लोक गीतमा रन्जित परियार नव गायिका सुगम सुनितामी परियार सङ्गीत सम्योजक लोक दोहोरी तर्फको अवार्ड राकेश सोनी,लगायतका विभिन्न बिधामा अवार्ड बितरण गरिएको थियो।उक्त कार्यक्रममा नेपाली गित सङ्गीतको क्षेत्रमा बिगत लामो समय देखि लागिरहनु भएका सर्जक ,श्रष्टा,सहयोगी हरुलाई सम्मान पनि गरिएको थियो।