माउन्ट भ्यालीलाई प्रथम भिमेश्वर मेयर कपको उपाधी

जेठ २६ चरिकोट ।
‘प्रथम भीमेश्वर मेयर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि माउन्ट भ्याली एकेडेमी चरिकोटले जित्न सफल भएको छ ।
गत २२ गते देखि सरु भएको ‘सेभेन ए साइड’ प्रथम भीमेश्वर मेयर कप पुरुष फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा इको टिपार्क ‘ए’ लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउदै विजयी भएको हो।

प्रतियोगितामा प्रथम र द्वितीय भएका टिमलाई सिल्ड मेडल प्रमाणपत्र सहित नगद क्रमशः ४० हजार र २० हजार प्रदान गरिएको छ भने सेमिफाइनलमा पुगेका टाइगर टिम तिखातल र इको टि पार्क ‘बि’ मकैबारीलाई पनि प्रमाणपत्र सहित ५ र ५ हजार प्रदान गरिएको सहआयोजक ग्रिन नेपालले जनाएको छ।

पुरस्कार वितरण गर्दै भीमेश्वर नगरपालिकाको मेयर भरत बहादुर केसीले हार जित खेलको नियम भएकोले जजस्ले जितेपनि हारेपनि खेलमा सहभागी भएर नयाँ नयाँ ज्ञान हासिल गर्नुनै ठूलो कुरा भएको बताए। यो प्रकारको खेलले खेलाडिलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त बनाउने मात्रै नभई अनुशासनमा समेत राख्ने बताउदै मेयर केसीले आउदो वर्ष पनि यो भन्दा व्यवस्थित तरिकाले प्रतियोगिता गराउने प्रतिबद्धता जाहेर गरे।

भीमेश्वर नगरपालिकाको मुख्य आयोजना र जिल्ला फुटबल संघ दोलखाको प्रविधिक सहयोगमा भएको प्रतियोगिता जम्मा १७ टिमले सहभागीता जनाएको थियो।