तिन दिने शैक्षिक महोत्सव चरिकोटमा सम्पन्न

१९ जेष्ठ दोलखा
“शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरिय शिक्षा दोलखाको शान” भन्ने मुल नाराका साथ भिमेश्वर नगरपालिकाले आयोजना गरेको तिन दिने शैक्षिक विज्ञान, प्रविधि तथा संस्कृतकि महोत्सव सम्पन्न भएको छ ।

चरिकोटमा जेष्ठ १७ गते देखि १९ गते सम्म चलेको महोत्सवको कानुन, न्याय तथा संसदीय व्यबस्था मन्त्री माननिय शेर बहादुर तामाङले उद्घाटन गर्नु भएको थियो । महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री तामाङले शिक्षाको गुणस्तर वृद्धि र शिक्षामा एकरुपता ल्याउनको लागि देशभर एउटैकिसिमको पाठ्पुस्तक लागु गर्ने तयारी गरी रहेको वताउनुभयो । दोलखा जिल्लालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने तथा विज्ञान प्रविधिको सम्वन्धमा जानकारी गराउने उदेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक भेषभुषा, पाठयपुस्तक, शैक्षिक सामग्रीको प्रस्तुती, परम्परागत बाजा, घरेलु उत्पादित समग्री लगाएतको ५० स्टलहरु राखिएको थियो । तिन दिने महोत्सवमा भिमेश्वर नगरपालिका भित्रका विद्यालयहरु विच नृत्य प्रतियोगिता, हाजिरिजवाफ प्रतियोगिता, चित्रकला, कविता, वक्तृत्वकला, गाँउखाने कथा लगाएत प्रतियोगिताहरु गराइएको थियो भने शिक्षा विद्हरुसंग गुणस्तरीय शिक्षाको विषयमा र सफल पर्याटन व्यवसायीहरु विच पर्याटनको बारेमा अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ । महोत्सवकै अवसरमा दोलखा जिल्ला बाट विद्यावरिधी पि.एच.डि गर्ने १६ जना व्यतित्वहरुलाई सम्मान गरिएको थियो ।

भिमेश्वर नगरपालिकाको मुख्य आयोजना तथा जिरी नगरपालिका, वैत्येश्वर गाँउपालिका, तामाकोशी गाँउपालिका, मेलुङ गाँउपालिका, शैलुङ गाँउपालिका, कालिञ्चोक गाँउपालिका, विगु गाँउपालिका, गौरिशंकर गाँउपालिका जिल्ला समन्वय समिति दोलखा, नेपाल पत्रकार महासंघ दोलखा, दोलखा उद्योग वाणिज्य संघ लगाएत संघ संस्थाको सह आयोजनामा महोत्सवको आयोजना गरिएको थियो ।