उसु खेलको लोकप्रियता बढ्दै

जेठ २८ दोलखा
दोलखा जिल्लामा उसु खेलको लोकप्रियता बढ्दै गएको छ । २०५२ सालबाट सुरु भएको उसु खेलका सहभागिहरुले हरेक बर्ष राष्ट्रिय स्तरको प्रतियोगीतामा कुनै न कुनै पुरस्कार लिएर फर्कने गरेको राष्ट्रिय खेलकुद परिषदका सहायक उसु प्रशिक्षक जगत जिरेल बताउछन् ।
दोलखाबाट उसुको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाए देखि ५० भन्दा बढी खेलाडिले स्वर्ण लगाएत बिभिन्न पुरस्कार प्राप्त गरिसकेको सहायक प्रशिक्षक जिरेल बताउछन् । तर दोलखामा पुरस्कृत खेलाडिहरुको उचित मूल्याङ्कण हुन नसकेकोमा भने जिरेलको गुनासो रहेको छ ।

पछिल्लो पटक नेपाल उसु संघले आयोजना गरेको अन्तर क्वान खुला उसु प्रतियोगीता २०७५ मा दोलखाका दुई उसु खेलाडि अस्मिता सुनुवार र मिङ्मा शेर्पाले तृतिय पुरस्कार प्राप्त गर्न सकेको सहायक प्रशिक्षक जगत जिरेलले जानकारी दिए । अस्मीता सुनुवार महिला सान्सो ५२ केजी समूहमा तृतिय भएकी थिईन भने मिङमा शेर्पा ५६ केजी समूहमा तृतिय भएकी थिईन् ।
दोलखा जिल्लामा युवा तथा युवतीहरु उसु खेलमा आकर्षित भएपनि प्रशिक्षणको लागि उचित बातावरण नभएको र उत्कृष्ठ खेलाडिलाई जिल्ला तहबाट उत्साहित तथा सम्मापनत गर्न नसकिएकोले केहि समस्या देखिएको जिरेलको भनाई छ ।
राष्ट्रिय खेलकुद परिषदका सहायक उसु प्रशिक्षक जिरेलका अनुसार विहान बेलुका गरी अहिले दैनिक ४०÷५० जनाले उसुको प्रशिक्षण लिई रहेका छन् । जिल्ला खेलकुद विकास समिति र अन्य सरोकारवाला निकायले सहयोग गर्ने वातावरण बन्ने हो भने उसु खेल अझ बढी आकर्षित हुने र राष्ट्रिय÷ अन्तराष्ट्रिय स्तरमा थप पुरस्कारहरु भित्रन सक्ने जिरेल बताउछन् ।