भुमी अधिकार तथा श्रमिक संगठन नेपाल दोलखाको अधिबेसन सम्पन्न , अध्यक्षमा शुक्रराज थोकर

नेकपा एमाले निकट भुमी अधिकार तथा श्रमिक संगठन नेपाल दोलखाको प्रथम अधिबेसन आज सम्पन्न भएको छ ।
सुकराज थोकरको अध्यक्षतामा भएको प्रथम अधिबेसनको संगठनका केन्द्रिय उपाध्यक्ष ले उद्घाटन गर्नु भएको थियो । जिल्ला स्थिति सबै पालिकाहरुबाट प्रतिनिधि हरुको उपस्थित गराइ जिल्लामा पहिलो पटक प्रथम अधिबेशन गरिएको जिल्ला इन्चार्ज हरिबंश चौलागाईंले बताए । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एमाले जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले यो संगठनको कार्यक्षेत्र फराकिलो रहेको हुदा नागरिकहरुको समस्याको पहिचान गरि जायज मुद्दाहरु उठान गरि सक्रियता पुर्वक लाग्न निर्देशन दिनु भयो ।

प्रथम अधिबेशनले सुक्रराज थोकरको अध्यक्षतामा नया कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सुक्रराज थोकर, उपाध्यक्षमा कविता मुग्राती, बिकास थामी, सचिबमा फौज प्रसाद फुयाल, उपसचिवमा डोल बहादुर खत्री, बिरबहादुर तामाङ, कोषाध्यक्षमा बिष्णु प्रसाद आचर्य रहनु भएको छ । तेस्तै सदस्यहरुमा सिताकुमारी बुढाथोकी, राम बहादुर अधिकारी, हेमलाल तामाङ, बिरेन्द्र कार्की, रामकृष्ण थापा, गनेश लामा, दल बहादुर तामाङ, आङ्दोर्जे गोले, शान्त कुमार लामा , कल्पना थामी, रामेश्वर अधिकारी रहनु भएको छ ।