भिमेश्वर नगरपालिकाको पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता चरिकोटमा सुरु


दोलखाको भीमेश्वर नगरपालिकाको आयोजनामा भीमेश्वर नगरपालिका अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।
भिमेश्वर नगरपालिकाको आयोजनामा पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता चरिकोट स्थित भीमेश्वर रंगशालमा आजबाट सुरु भएको हो । प्रतियोगितामा नगरपालिका भित्रका १८ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराकासाथ सुरु गरिएको प्रतियोगिता चरिकोट सातदोबाट बाट ¥याली सहित भिमेश्वर खेल मैदान पुगी खेदको उदघाटन गरिएको थियो । भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरको अध्यक्षतामा सुरु भएको रनिङ शिल्ड प्रतियोगिता वागमती प्रदेशका उद्योग वाणिज्य तथा भूमिसुधार मन्त्री रामकृष्ण चित्रकारले उदघाटन गर्नुभएको थियो ।

प्रतियोगिताको उदघाटन गर्नुहुँदै बागमती प्रदेशका उद्योग वाणिज्य तथा भूमि सुधार मन्त्री रामकृष्ण चित्रकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएर आर्थिक, भौतिक रुपमा सहयोग गर्ने बताउनु भयो । भीमेश्वर नगरपालिकालाई धार्मिक, सांस्कृतिकको साथै खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नको लागि प्रत्येक वडामा खेलमैदान निर्माण र खेलकुद गतिविधिहरुलाई प्राथमिकता दिने मेयर इश्वर नारायण मानन्धरले बताउनु भयो ।