मिलिजुलि कालिन्चोक सहकारीको नवनिर्मित भवन उदघाटन

दोलखाको चरीकोट बजारमा मुख्य कार्यालय रहेको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन भएको छ ।

भिमेश्वर नगरपालिका वडा नम्वर ६ चरिकोट विचवजारमा निर्माण गरिएको संस्थाको आफनै भवन आज एक कार्यक्रमको विच उदघाटन गरिएको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका केन्द्रिय अध्यक्ष मिनराज कडेलले सो भवनको उद्घाटन गर्नुभएको हो । २०५० सालमा स्थापना भएको सो सहकारीले चरिकोट स्थित भाडाको भवनबाट सेवा प्रदान गर्दै आईरहेकोमा हाल आफनै पक्कि सुविधा सम्पन्न भवनको निर्माण गरेको हो । नव निर्मित भवनमा संस्थाको लागि आवश्यक पर्ने सम्पुर्ण सुविधाहरु सहितको व्यवस्था रहेको संस्थाका अध्यक्ष नारायन श्रेष्ठले बताउनु भयो ।

जिल्लामा पुरानो र उत्कृष्ट मानिने मिलिजुली कालिञ्चोक साकोस मा हाल बाल बचतकता सहित ३४ हजार ३ सय ३४ जना शेयर सदस्यहरु रहेका छन् भने कुल पूँजी १ अर्ब २६ करोड, १५ लाख ५ हजार ४१७ रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।