प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता भिमेश्वर ५ मा आजबाट सुरु

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ५ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ ।
पाँच नम्वर वडा कार्यालयको आयोजनामा प्रथम जिल्ला मावि स्तरिय खुल्ला पुरुष फुटवल प्रतियोगिता आजबाट सुरु भएको हो । भिनपा ५ धरमघर स्थित बुढाभिमशेन खेल मैदानमा सुरु भएको प्रतियोगिताको दोलखा क्षत्र नम्वर २ का माननिय भरत बहादुर केसीले उदघाटन गर्नु भएको थियो ।

आजबाट सुरु भएको प्रतियोगितामा जिल्ला स्थित माविमा अध्ययनरत १४ वटा विद्यालयको खेलाडिहरु सहभागी भएको आयोजकले जनाएको छ । फुटवल प्रतियोगितामा विजयी हुने टिमले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उप विजेत टिमले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनल सम्म पुगेका दुई टिमलाई नगद दश दश हजार र उत्कृष्ट खेलाडि, सर्वधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत दुई दुई हजार सहित प्रमाणपत्रको व्यवस्था गरिरएको छ ।

भिमेशवर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा सुरु भएको फुटबल प्रतियोगिताको उदघाटन गर्नुहुँदै माननिय भरत बहादुर केसीले स्थानीय संघ तथा प्रदेशले अन्य क्षत्रमा जस्तै खेल क्षत्रमा पनि प्राथमिकताका साथ योजनाहरु विनियोजन गर्ने गरेको र अन्य विकास संगै खेल क्षत्रको विकासलाई समेत संगै लैजानुपर्ने बताउनु भयो । स्थानिय तहहरुले खेलकुदको क्षत्रमा इच्छुक तथा उत्कृष्ट खेलाडिहरुको पहिचान गरी उनिहरुको क्षमता विकास तथा अवसरको खोजी समेत गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । वडा अध्यक्ष वासु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रचना खड्का, भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला बस्नेत, नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठ, फुटबल संघका कौरव पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वडा कार्यलयले खेल क्षत्रमा विनियोजन गरेको रकमबाट प्रथम वडा अध्यक्ष फुटवल कपको आयोजना गरिएका र १४ वटा विद्यालयको सहभागिता रहेको खेल फिफाको नियम अनुसार खेलाईने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।