तामाकोशीको मालुमा पालिका स्तरिय १० सैयाको अस्पताल बन्ने , गापा प्रमुखद्वारा आज शिलान्यास

दर्पण संवाददाता
मालु , मंसिर १५
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा पालिका स्तरिय १० सैयाको अस्पताल निर्माण हुने भएको छ । निर्माण हुने अस्पतालको आज गाउपालिका प्रमुख ईश्वर चन्द्र पोख्रेलले शिलान्यास गर्नु भएको छ ।

मालुको भस्मे जामुनेमा ९ रोपनी जग्गामा पालिका स्तरको अस्पताल निर्माण हुने भएको हो । संघीय सरकारको सहयोगमा निर्माण हुन लागेको अस्पताल चाडै निर्माण प्रक्रियामा गएर संचालमना ल्याउने योजना रहेको छ । अस्पतालको शिलान्यास गर्नुहुदै पालिका प्रमुख ईश्वर चन्द्र पोख्रेलले यो अस्पताल पालिका स्तरको भएको हुदा यसले सिंगो गाउपालिकाकै नागरिकहरूलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनु भयो ।
अस्पताल निर्माणका लागि स्थानियले पालिकालाइ ९ रोपनी जग्गा निशुल्क दान गरेका छ । स्थानिय अस्पताल निर्माणका लागि थिर कुमारी पोखरेल, जर्नाजन पोखरेल, राजन प्रसाद पोखरेल, पर्शुराम पोखरेल, पदम बहादुर खत्रीले नौ रोपनि जग्गा दान गर्नु भएको थियो ।

वडा न ४ का अध्यक्ष होम श्रेष्ठ को अध्यक्षतामा भएको अस्पताल शिलान्यास कार्यक्रममा बोल्नुहुदै उप प्रमुख उर्मिला खड्का केसिले अस्पताल निर्माण हुदा पालिकाका सबै नागरिकलाइ सहज हुने र सामन्य उपचारको लागि सदरमुकाम जानू पर्नी बाध्यताको अन्त्यहुने बताउनु भयो । गाउमानै अस्पताल निर्माण हुने भएसी स्थानियहरु खुसी भएका छ्न । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्र, जनप्रतिनिधि स्थानी लगाएतको सहभागी रहेको थियो ।