खिम्ती ग्रामिण विधुत सहकारी संस्थाको साधारण सभा सम्पन्न

खिम्ती ग्रामिण विद्युत सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ५ किर्नेमा मुख्य कार्यलय रहेको खिम्ती ग्रामिण विद्युत सहकारी संस्था लि को माननिय तारानाराण श्रेष्ठको प्रमुख आतिथ्यतामा किर्ने बजारमा साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षत्र रहेको विभिन्न क्षत्रहरुमा साधारण सभा सम्पन्न गर्दै आज मुख्य कार्यालय किर्नेमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाले दोलखाको सेवाग्राहीहरुलाई मध्यनजर गरी तामाकोशी गाउँपालिका वडा नम्वर ७ हावामा चैत्र २७ गते नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा साधारण सभा आयोजना गरेको थियो भने रामेछापका विभिन्न क्षत्रलाई मध्यनजर गरी फागुन २८ गते गोकुलगंगा गाउँपालिकाको वेतालीमा साधारण सभाको आयोजना गरिएको थियो । रामेछाप र दोलखाको दुई ठाउँमा साधारण सभा सम्पन्न गरी मुख्य कार्यलय किर्नेमा आज सभाको आयोजना गरी १२ वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका प्रवन्धक कुमार फुयालले बताउनु भयो ।

साधारण सभामा संस्थाका अध्यक्ष शेर बहादुर खड्काले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष धिराज सुवेदीले गत आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । साधारण सभाको अवसरमा संस्थामा कार्यरत उत्कृष्ट चार जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । संस्थामा आवद्ध रहि उत्कृष्ट काम गर्ने चार जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको हो ।

 

खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप क्षत्र नम्वर क बाट निर्वाचित माननिय तारानारायण श्रेष्ठले स्विच अन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो । सभालाई सम्वोधन गर्नुहँदै तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केशीले खिम्ती जलविधुत आयोजना निर्माणको क्रममा नेपाल सरकार संग भएको सम्झौता समाप्त भई सकेको र नयाँ प्रकिृयामा जाँदा स्थानीयहरुलाई श्येर प्रदान गरिनुपर्ने माग राखिएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले सहकारी मार्फत विद्युत वितरण गरी सहकारी संचालन गर्नु निकै चुनैती पुर्ण रहेको भएता पनि सहकारीले सो कार्य गरी हाल नाफामा रहेको र देशकै नमुना योग्य सहकारी रहेको बताउनु भयो । नेपाली काङग्रेस दोलखाका सभापती वर्मा लामाले विधुत सहकारीले ग्रामिण क्षत्रहरुमा विद्युतीकरणमा योग्दान गरेको स्मरण गर्नुहुँदै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, दोलखा रामेछापका विभिन्न स्थानिय तहका जनप्रतिनिधी, सरोकारवाला निकायहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, श्येर सदस्यहरुको उपस्थिती रहेको थियो ।