नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक सम्पन्न : २५ सदस्यीय सचिवालय गठन सहित विभिन्न जिम्मेवारी वाँडफाँड

नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक एमाले पार्टी कार्यलय चरीकोटमा सम्पन्न भएको छ । नेकपा एमाले दोलखाको दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पुर्ण वैठक एमाले पार्टी कार्यालय दोलखामा फागुन २९ गतेबाट सुरु भएको थियो ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा दुई दिन सम्म संचालन भएको वैठकले विभिन्न विषयहरुमा सूक्ष्म रुपमा छलफल गर्दै निर्णय गरेको एमाले दोलखाका सचिव सोयम बहादुर खड्काले बताउनु भयो । वैठकले दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीमा महिला, पुरुष, दलित, जनजाति, युवाहरु समावेशी नेतृत्व भएको समिक्षा सहित प्रतिवेदन पास गरेको छ ।

वैठकले ११ जना सदस्यलाई जिल्ला कमिटीमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा गौरिशंकर गाँउपालिकाबाट जंग बहादुर गुरुङ, बैतेश्वर गाउँपालिकाबाट माधव प्रसाद धिमिरे, तामाकोशी गाउँपालिकाबाट धिरज सुवेदी, मेलुङ गाउँपालिकाबाट दान बहादुर तामाङ, शैलुङ गाउँपालिका बाट थिर बहादुर तामाङ, भिमेश्वर नगरपालिकाबाट मुरारीराज शिवाकोटी, कालिन्चोक गाउँपालिकाबाट गनेश शिवाकोटी, विक्रम खड्का, जिरी नगरपालिकाबाट केशवकुमार कार्की, विगु गाउँपालिकाबाट शारदा राणा र मेलुङ गाउँपालिकाबाट इश्वर कोइरालालाई मनोनित गरेको छ ।

दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरु मध्येबाट २५ सदस्यीय सचिवालय सदस्य र ३ जना वैकल्पीक सचिवालय सदस्य गठन गरेको छ । २५ सदस्यीय सचिवालयमा नर बहादुर श्रेष्ठ, राजेन्द्र मानन्धर, स्वयम बहादुर खड्का, हरी वली, कमला वस्नेत, कुमार खड्का, थिर बहादुर तामाङ, माधव प्रसाद धिमिरे, मुरारीराज शिवाकोटी, सारदा राणा, नारायणध्वज खड्का, मनमाया जिरेल, नविनकुमार लामा, गिता भुजेल, लोक बहादुर नेपाली, निमा लामा, धिरज सुवेदी, गनेश शिवाकोटी, सोम बहादुर बम्जन, अच्युतम केशी, देवीका थामी, कृष्णमाया बुढाथोकी, तारा नेपाली, जंग गुरुङ, केशव कुमार कार्की रहेका छन् भने वैकल्पीक सचिवालय सदस्यहरुमा रमेश श्रेष्ठ, नेत्र मोक्तान र शक्ति पाठक रहेका छन् ।

वैठकले विभिन्न जिम्मेवारी समेत तोकेको छ । पार्टी उपाध्यक्ष रहनुभएका राजेन्द्र मानन्धरले पार्टी स्कुल विभागको प्रमुख जिम्मेवारी पाउनु भएको छ भने सचिव स्वयमबहादुर खड्काले संगठन विभाग प्रमुख, उपसचिव कमला वस्नेतले स्थानीय विकास विभाग प्रमुख, उपसचिव हरी वलीले प्रचार विभाग प्रमुख र प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ । वैठकले विभिन्न संगठन तथा पालिका वडा तह सम्मको इन्चार्जहरु तोकेको छ । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालको इन्चार्ज अर्जुन सुनुवारलाई तोकिएको छ भने विधार्थीहरुको संगठन अनेरास्वीयूको इन्चार्ज शक्ति पाठकलाई तोकिएको छ ।

पार्टीले भिमेश्वर नगरपालिकाको इन्चार्जको जिम्मेवारी नविन कुमार लामा र सह इन्चार्ज ज्ञानेन्द्र प्रधानलाई दिएको छ त्यस्तै जिरी नगरपालिकाको इन्चार्ज केशव कुमार कार्की, सहइन्चार्ज ज्ञान बहादुर सुनुवार, गौरिशंकर गाउँपालिकाको इन्चार्ज जंग बहादुर गुरुङ, सह इन्चार्ज झलक कुमार कार्की, बैतेश्वर गाउँपालिकाको इन्चार्ज माधव प्रसाद घिमिरे, सह इन्चार्ज शान्त जिरेल, तामाकोशी गाउँपालिकाको इन्चार्ज धिरज सुवेदी, सह इन्चार्ज श्यामकाजी कटुवाल, मेलुङ गाउँपालिकाको इन्चार्ज सोम बहादुर बम्जन, सह इन्चार्ज इश्वर कोइराला, शैलुङ गाउँपालिकाको इन्चार्ज थिर बहादुर तामाङ, सह इन्चार्ज नेत्र मोक्तान, कालिन्चोक गाउँपालिकाको इन्चार्ज गनेश शिवाकोटी, सह इन्चार्ज सविना पाण्डे र विगु गाउँपालिकाको इन्चार्ज अच्छुतम केशी, सह इन्चार्ज देवीका थामीलाई जिम्मेवारी तोकिएको छ । वैठकले वडा तह सम्म इन्चार्ज तोकेको छ ।