सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्यमा धिरज सुवेदी निर्वाचित

खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका कोषाध्यक्ष धिरज सुवेदी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

​महासङ्घको हालै सम्पन्न सातौँ महाधिवेशनबाट सुवेदी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

​सुवेदी लामो समयदेखि स्थानीय स्तरमा ग्रामीण विद्युतीकरण, सामुदायिक ऊर्जा व्यवस्थापन र सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आएका छन्।

खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हालीसकेका सुवेदीको राष्ट्रिय तहको चयनले दोलखासहित समग्र बागमती प्रदेशको सामुदायिक ऊर्जा क्षेत्रको विकास र उपभोक्ताको हक(हित संरक्षणमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

​सुवेदीले देशैभरका सामुदायिक विद्युत उपभोक्ताहरूसँग जोडिएर संस्थागत सुधार, पहुँच वृद्धि र उपभोक्ताको अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।