समाजसेवी उप्रेतीद्धारा कोभिड नियन्त्रणका लागि वुवा कालिदासको स्मृतीमा ५० हजार सहयोग

दर्पण संवाददाता
चरीकोट, १ जेठ 

दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ६ का सफल युवा व्यवसायी एवमं समाजसेवी सुरेन्द्र उप्रेती (सुरु) ले आफनो स्वर्गीय पिता कालिदास उप्रेतीको स्मृतीमा ५० हजार सहयोग गर्नु भएको छ ।

चरिकोटमा व्यवसाय गदै आउनु भएका समाजसेवी उप्रेतीले दोलखाको क्षत्रपामा महामारीको रुपमा फैलिदै गएको कोरोना भाईसर नियन्त्रण तथा रोकथामका लागि क्षत्रपा कोभिड तथा विपद व्यवस्थापन कोषमा रकम सहयोग गर्नु भएको हो । ५० हजारको चेक हस्ताण्तरण गर्नुहुँदै उप्रेतीले आफना पिता कालिदासको स्मृतीमा विपदको समयमा कोभिडका कारण रकम अभाव भई उपचार नपाएर कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रकम सहयोग गरेको बताउनु भयो । केहि दिन अघि देखि वैतेश्वर गाउँपालिकाको वडा नम्वर ८ क्षत्रपामा समुदाय स्तरमानै तिव्र गतिमा कोरोना संक्रमन वढदै गएको छ । ग्रामिण क्षत्रमा सुविधा सम्पन्न अस्पताल नभएको र विरामीलाई रकमको अभाव नभई सहज तरिकाले उपचार गराई कोभिड नियन्त्रण गराउने उदेश्यले क्षत्रपाका युवाहरुले कोष खडा गरी रकम संकलन गरि रहेका छन् । कोषमा कोभिड नियन्त्रणका लागि सुच्छुक सुभचिन्तकहरुले देश तथा विदेशबाट रकम सहयोग गरि रहेका छन् ।