दर्पण संवाददाता
चरीकोट, १ जेठ
नेपालमा पछिल्लो समय तिव्र गतिमा फैलिरहेको कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरिकोट अस्पताललाई हस्ताण्तरण गरेको छ ।
दोलखामा समेत तिव्र गतिमा कोरोनाको संक्रमितहरु थपिदै गएको अवस्थालाई मध्यनजर गरी अक्सिजनको अभावका कारण विरामीहरुले ज्यान गुमाउनु नपरोस भन्दै जिल्लाको विभिन्न ठाउँहरुमा रहेको खाली तथा भरिएको अक्सिजनका सिलिन्डरहरु प्रहरीले संकलन गरेर चरिकोट अस्पताललाई प्रदान गरेको दोलखाका प्रहरी नयव उपरिक्षक भेषराज रिजालले बताउनु भयो । दोलखा जिल्लामा निर्माणमा तथा संचालनमा रहेको हाइड्रोपावर, क्रसर उधोग, ग्यारेज तथा विभिन्न संघ संस्थाहरुमा रहेको २७ थान भरिएको सिलिन्डर र ३१ थान खाली सिलिन्डर गरी ५८ ओटा संकलन गरिएको प्रहरीले जनाएको छ । जिल्लामा कोभिडका विरामीहरु दैनिक वढदै गएको र अक्सिजन अभावले विरामीहरुको ज्यान जान सक्ने सम्भावित जोखिमलाई कम गर्नका लागि विभिन्न क्षत्रमा रहेको अक्सिजनहरु संकलन गरी रहेको दोलखा प्रहरीले जनाएको छ ।

दोलखा जिल्लामा मात्र आज सम्म दोस्रो चरणको कोभिडका कारण ४३३ जना संक्रमित भई सकेका छन् । जस मध्ये हाल सम्म १९ जना कोभिड जितेर निको भई सकेका छन भने ४ जनाको मृत्यु भई सकेको छ । कोभिड संक्रमित ३१ जनाको चरिकोट स्थित चरिकोट अस्पतालमा उपचार भई रहेको छ । जस मध्ये ४ जनाको अवस्था गम्भिर रहेको चरिकोट अस्पतालका निर्देशक डा विनोद डंगालले वताउनुभयो ।
कोडिभका विरामीहरुका लागि चरिकोट अस्पतालमा हाल दैनिक ४५० लिटर अक्सिजन खपत हुने गरेको अस्पालले जनाएको छ । विरामीको चाप थप नहुने र यहि गतिमा रहने हो भने एक साता सम्मका लागि पुग्ने अक्सिनज वाँकी रहेको निदेशक डा. डंगोलले बताउनु भयो । खाली रहेको अक्सिजनका सिलिनडरहरु भर्न पठाउने काम भई रहेको उहाँले बताउनु भयो ।
