प्रथम प्रकाश स्मृती कपमा आज दुई खेल

चरिकोट, २ मङ्सिर

स्वगीय प्रकाश दहालको स्मृतीमा दोलखा जिल्लामा सर्वधिक राशीको प्रथम प्रकाश समृति कप खुल्ला फुटवल प्रतियोगितामा आज दुई खेल भएका छन् ।

सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानमा हिजोबाट सुरु भएको प्रकाश स्मृती कपमा आजको पहिलो खेल चितवन जिल्ला फुटवल संघ र सिन्धुपाल्चोक जिल्ला फुटवल संघ विच भएको थियो । आजको पहिलो खेलमा २–१ गोल अन्तरले चितवन जिल्ला फुटवल संघले जित हात पारेको छ । चितवन जिल्ला फुटबल संघका लागि अनिल राणा मगरले गोल गरेका थिए । सिन्धुपाल्चोक फुटवल संघका लागि युवराज ढकालले खेलको ५५ मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएका थिए ।

त्यसै गरि दोस्रो खेलमा भक्तपुर जिल्ला फुटवल संघ र दिपशिखा नैकाप विचको खेलमा ०–३ गोल अन्तरले दिपशिखा नैकापले जित हात पारेको छ । दिपशिखा नैकापको लागि खेलको २९ औ मिनेटमा साहिल अधिकारीले १ गोल गरेका थिए । त्यस्तै खेलको ७० मिनेटमा कायुआगी र ८८ मिनेटमा कायु ले एक एक गोल गरेका थिए ।

नेकपाका अध्यष पुष्पकमल दहालको छोरा प्रकाश दहालको स्मृतीमा आयोजना गरेको खेलमा विजेताले नगद रु २ लाख ५० हजार र उपविजेताले १ लाख २५ हजार साथै शिल्ड मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा देशका विभिन्न कल्व तथा फुटवल संघ गरि १२ टिमको सहभागिता रहेको छ । खेल मंसिर ७ गते सम्म चल्ने छ ।