तामाकोशी जलविधुत आयोजनाको शयेर बाँडफाँड, न्युनतम ३० देखि अधिकतम १०२ कित्ता शयेर पाए

दर्पण संवाददाता
कात्तिक १४
आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गरेको छ । आवेदकलाई न्युनतम ३० कित्ता देखि १०२ कित्ता सम्म शयेर परेको छ ।

आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले ३४ कित्ता शयेर पाएका छन् ।
आयोजनाको अति प्रभावित ‘क’ बर्गमा शेयर आवेदन गरेका मध्ये २० देखि १०० कित्ता शेयर माग गरेका आवेदकहरुलाई माग बमोजिम पूरै तथा ११० कित्तादेखि ३०० कित्ता शेयर माग गर्ने सवै आवेदकहरुले १०२ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता शेयर पाएका छन् ।

ख बर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका छन् । यस्तै ग वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ४० कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ता पाएका छन् ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई छुट्ट्याइएको सेयरमा २ लाखभन्दा बढी स्थानीय बासिन्दाबाट आवेदन परेको थियो ।

आवेदकको बाँकी रकम अबको केहि दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने माथिल्लो तामाकोशी जलविधुत आयोजनाले जनाएको छ ।