दर्पण संवाददाता
१० असोज चरिकोट
अन्र्तराष्ट्रिय समन्वय समाज दोलखाको पहिलो अधिवेशन चरिकोटमा आज सम्पन्न भएको छ ।
स्वदेशमै रोजगार, स्वदेशी शान, सम्बृद्ध दोलखा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको अधिवेशनको जिल्ला समन्वय समिति दोलखाका प्रमुखले उद्घाटन गर्नु भएको थियो ।
समन्वय समाजका अध्यक्ष हरि खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेस्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, सामुदायिक रेडियो प्रसारक सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, बैतेस्वर युवा सञ्जालका अध्यक्ष पुस्कर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिपेन्द्र अधिकारीकोे नेतृत्वमा नयाँ कार्यसमिति

चरिकोटमा आज सम्पन्न अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम जिल्ला अधिवेशनले दोलखाको बैतेस्वर गाउँपालिका ८ क्षेत्रपा स्थायी घर भएका दिपेन्द्र अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित अधिकारी बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेर त्याहाँ रहेको दोलखाली समाज दक्षिण कोरियाको अध्यक्ष भएर सामाजिक कार्यमा सक्रिय थिए । समाजको बरिष्ठ उपाध्यक्षमा बिगु गाउँपालिका ४ का लादुक बिजय दुलाल, प्रथम उपाध्यक्षमा वैत्येश्वर १ का कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सोही स्थानका मोहन श्रेष्ठ र महासचिवमा बैतेस्वर ७ का नितेशकुमार थामी चयन भएका छन् । यस्तै सचिवमा सुमन शर्मा, सह सचिवमा राधिका रिमाल र सदस्यहरुमा एक्का श्रेष्ठ, रुपिना खड्का लगायत चयन भएका छन् ।
