दर्पण संवाददाता
८ कार्तिक, चरिकोट
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि सहयोग जुटेको छ ।
हितैषी बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभाको अवसरमा रु. १० हजार सहयोग गरेको छ । वैतेश्वर गाउँपालिका वडा नं. ६, नाम्दुमा अवस्थित सहकारी संस्थाले आज १० हजारको चेक नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नुभएको छ । साधारण सभाका प्रमुख अतिथि छवि लामाले चेक हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष यज्ञ प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, सहकारी संस्थाका उपाध्यक्ष ढाल बहादुर कार्की, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा सचिव अष्ट कुमार लामाले आर्थिक वर्ष २०७४÷०७५ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष होम प्रसाद आचार्यले आर्थिक वर्ष २०७४÷७५ को आषाढ मसान्तसम्मको ३ करोड, १८ लाख, ९ हजार १०७ रुपैयाँ आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभा बाट नयाँ कार्यसमिती
साधारण सभा बाट नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । अध्यक्षमा माधव प्रसाद घिमिरे, उपाध्यक्षमा ढाल बहादुर कार्की, सचिव अष्टकुमार लामा, कोषध्यक्ष नवराज उप्रेती, सदस्यमा गोमा दहाल, रमिता घिमिरे, दिपक तामाङ, तुलसी गिरी, बुथी दमाई लेखा सुपरीवेक्षण समिती संयोजक भिमराज गुराँगाई, सदस्य गोकर्ण दहालर तुलसा आचार्य चयन भएका छन् ।
