दोलखा उद्योग वाणिज्य संघको चियापान तथा शुभकामना आदनप्रदान

दर्पण संवाददाता
चरिकोट २७ असोज

दोलखा उद्योग वाणिज्य सँघले विजया दशमी तथा शुभ दीपावलीको अबसरमा चरिकोटमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

उद्योग वाणिज्य सँघले संघको सचिवालयमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधी सभाका सांसद तथा नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य माननिय पार्वत गुरुङ प्रदेश सभा सदस्य विशाल खड्का, नेकपाका केन्द्रिय सदस्य एवँ प्रदेश सचिव आनन्दप्रसाद पोखरेल, लगाएत जिल्लाको उद्योगी, व्यापारी, व्यवसायी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमलाई संवोधन गर्नुहुँदै सांसद पार्वत गुरुङले जिल्लामा लगानीको वातावरण वन्दै गएको र संवृद्ध जिल्ला निर्माणको अभियानमा व्यवसायीहरुको महत्वपुर्ण भूमिका हुने बताउनुभयो । नेकपाका प्रदेश ३ का प्रदेश सचिव आनन्द पोखरेलले राष्ट्र विकास तर्फ अगाडी बढीरहेको बताउनुहुँदै दोलखा जिल्लामा लगानीको क्षेत्र पहिचान गरी औद्योगीक क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताउनु भयो ।

सँघका अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासँघका केन्द्रिय सदस्य सुदर्शन कार्की, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।