पुर्व विधार्थीको सक्रियतामा क्षत्रवती माविमा सिसि क्यामेरा जडान

दर्पण संवाददाता
क्षत्रपा, २५ असोज

दोलखाका वैत्येश्वर गाँपालिका वडा न ८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयमा पुर्व बिधार्थीहरुले सि सि क्यामेरा जडान गरि दिएको छ ।

दशै तिहारको अवसरमा आयोजित भाग्यशाली उपहार कार्यक्रमको अवसर पारी घटस्थापनको दिन विद्यालयमा डि भि आर सिसि क्यामेरा जडान गरेको हो ।
व्यवसायी भरत श्रेष्ठ को संयोजकत्वमा बैतेश्वर गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश अधिकारी, सुव्वा श्रेष्ठ, शान्ता जिरेल साथै यामाहा सोरुमका राजु के सि ले आर्थिक संकलन गरि सिसि क्यामेरा जडान गरिएको संयोजक भरत श्रेष्ठले बताए ।

आधुनिक समय विज्ञान र प्रविधि सँग नजिकिदै गइरहेको कारण विधालयमा यसको आवश्यक्तालाई महसुस गरि यो सहयोग गरिएको हो, टिमका सहयोगी एवम बैतेश्वर गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रमेश अधिकारीले बताएका छन् ।