२० असोज, काठमाडौं ।
काठमाडौंको मुलपानीमा गएराति जुवा खेलीरहेको ठाँउमा प्रहरीले छापामार्ने क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । काठमाण्डौको मुलपानी जुवा खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं प्रहरी प्रहरी नायब उपरीक्षक ९डिएसपी० होमेन्द्र बोगटीको नेतृत्वमा गएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको बताइएको छ । त्यसक्रममा झ्यालबाट हाम फाल्दा दुर्इ जनाको मृत्यु भएको हो । ३ तले घरमा भित्र जुवा तास खेलीरहेका हरु प्रहरी आएको भन्ने थाहा पाउन साथ भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको हो ।
घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा लगिएको र उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जुवाको खालबाट २३ जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ ।
तर, मुख्य नाइके हेमा गुरुङ भने भाग्न सफल भएकी छन् । प्रहरीका अुनसार बौद्ध क्षेत्रको विभिन्न स्थानमा हरेक दिन भिन्नभिन्न घरमा जुवा खेलाइँदै आएको थियो । थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।