दोलखाको तामाकोशीमा ट्याक्टर दुर्घटना दुई घाइते

दर्पण संवाददाता
चरिकोट, १९ असोज

दोलखाको तामाकोशी गाँउपालिका वडा न ३ ठुलोखोलमा आज ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा दोलखा जिल्ला मेलुङ गाँउपालिका वडा न ४ निबासी २५ बर्षिय विनोद अधिकारी र रामेछाप जिल्ला दोरम्वा गाँउपालिका वडा न १ का १८ बर्षिय महेशचन्द्र राय रहेका छन् ।

मिल्ती बजार बाट धोवीघाट जाँदै गरेको ना ६ त ११३५ नं को ट्याक्टर अनियन्त्रित भई सडग बाट १०० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई प्राथमिक स्वास्थ केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाण्डौ रिफर गर्न पहल भएको प्रहरीले जनाएको छ ।