जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट केशब बडाल सम्मानित

नवीनकुमार खतिवडा
मैनापोखरी, १३ असोज

दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जसचेतन बचत तथा ऋण सहकारी सस्थाले रजत जयन्ती को अबसर मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरुस्कारबाट राष्ट्रिय सहकारी माहासंघका अध्यक्ष एवम पुर्व मन्त्री केशव बडाललाई सम्मान गरेको छ ।

सहकारी को क्षेत्रमा लागेर राष्ट्रिय योगदान पुर्याउने ब्यक्ति लाई प्रदान गर्ने उक्त पुरुस्कार को राशि २५ हजार १ रुपैया रहेको छ । सस्थाको २५ औ साधारण सभाको दिन शनिबार नेकपा का केन्द्रिय सदस्य तथा ३ नम्बर प्रदेश का सांसद पशुपति चौलागाईं ले उक्त पुरुस्कार प्रदान गर्नु भएको हो। जनसचेतन का अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षता मा भएको सधारण सभा मा आफ्नो मन्तव्य राख्दै केन्द्रिय माहासङ्ग अध्यक्ष तथा पुरस्कृत ब्यक्तित्व केशव बडाल ले सहकारी ले अब आफ्ना सदस्य हरुलाई उत्पादनमा लागाउनु पर्ने भन्दै यस तर्फ लाग्न सहकारी लाई आग्रह गर्नु भयो उहाँले कृषि प्रधान मुलुकमा क्रमश जमिन बाझो हुँदै गएको र यसो हुनु राम्रो नहुने हुनाले बाझो रहेको जमीनमा माटो सुहाउँदो उत्पादन मा लाग्न आग्रह गर्दै यसतर्फ सहकारी ले लगानी गर्नु पर्ने बताउनु भयो।

कार्यक्रम मा आफ्नो भनाई राख्दै प्रदेश सांसद पशुपति चौलागाईं ले पछिल्लो समय समाजमा विभिन्न सामाजिक विकृती हरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न सहकारीका सदस्य लाई आग्रह गर्नुभयो।राज्यको समृद्ध नेपाल सुखी नेपाली को अभियान पूरा गर्न सहकारी को पनि योगदान रहने बताउदै उहाले यो अभियान मा लाग्न सहकारी लाई आग्रह गर्नुभयो । साधरण सभामा सस्थाका सचिब मीन प्रसाद दहालले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष कमल दहालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।दोलखा जिल्ला भर कार्यक्षेत्र रहि सेवा पुर्याउदै आएको यस सहकारीमा २४ हजार सदस्य तथा १ अर्ब १५ करोड कुल पुजी रहेको छ । यो सस्था सस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धि अन्तरास्ट्रिय स्तरको प्रमाणीकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण माहासङ्ग बाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो ।

सस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ।सस्थाका उपाध्यक्ष हेमन्त चौलागाईं का अनुसार सस्थाले ७५ बर्ष पुगेका शेयर सदस्य हरु लाई आजिबन मासिक ५०० भत्ता जनसचेतन आजिबन साहारा उपलब्ध गराउदै आएको छ भने गरिब जेहेन्दार छात्रवृत्ति,सदस्य हरुलाई उपचार सेवा मा छुट, उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिद कर्ता सम्मान लगाएतका कार्यक्रम हरु रहेका छन साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्राय ले मृत्यु हुँदा आश्रित परिवारलाई २० हजार देखि ४० हजार सम्म प्रदान गर्दै आइरहेको छ।