दर्पण संवाददाता
चरिकोट, असोज ६
दोलखाको वैत्येश्वर गाँउपालिका वडा न ८ का वडा अध्यक्ष रमेश कुमार अभिकारीले आफ्नो तलव भत्ता बाट २० जना बिधार्थीलाई छात्रवृती दिने घोषण गर्नु भएको छ ।
दोलखा जिल्लाको वैत्येश्वर गाँउपालिका वडा न ८ क्षेत्रपामा रहेको क्षेत्रवती माध्यमिक विद्यालयमा अध्यनरत २० जना बिधार्थीलाई प्रति बिधार्थी दुई हजार पाँच सयका दरले छात्रवृती दिने घोषण गर्नु भएको हो ।
आफनो वडामा शौक्षिक क्षेत्रमा गुणस्तरता ल्याउनको लागि र गरिव विपन्न परिवारका बिधार्थीलाई बिधालयमा आर्कर्षित गर्नको लागि छात्रवृती दिन लागेको अध्यक्ष अधिकारीले बताउनु भयो ।