दर्पण संवाददाता
चरिकोट, १६ भाद्र, नेपाल पत्रकार महासंघ दोलखाको ९ औँ साधारण सभा तथा स्व. देवदास श्रेष्ठ स्मृती सभा आज चरिकोटमा सम्पन्न भएको छ ।
सभामा प्रतिनिधी सभा संसद पार्वत गूरुङले ब्यबसायीक पत्रकारीताको माध्यम बाट देशमा दिगो विकास र संवृद्ध नेपाल निर्माणको लागि महत्पुर्ण भूमिका हुने सवै पत्रकारले त्यस क्षेत्रमा कलम चलाउनु पर्ने बताउनु भयो । पत्रकारहरुले आचर संहिता भित्र रहेर समचार संप्रेशण गर्न र कुनै राजनैतिक इगो भन्दा पनि तथ्यमा आधारीत भएर समचार लेख्नको लागि पनि सांसद गुरुङले आग्रह गर्नु भयो ।
साधारण सभालाई संवोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापाले हाल लागु भएको मुलुकी देवानी र फोज्दारी संहिताले प्रेसलाई अंकुश लगाउने काम भएको भन्नुहुदै संसोधनको माग गर्नु भएको छ । स्थानिय तहको समचार संकलन को लागि पत्रकार स्थानिय स्तरमा नै आउनु आउनको लागि आग्रह गर्नु हुदै विगु गाँउपालिकाका प्रमख यूधिष्टीर खड्काले आफनो गाँउपालिका पत्रकार महासंघ संग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जिवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद पार्वत गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा, केन्द्रीय कोषध्यक्ष राजेश मिश्र, भिमेश्वर नगर पालिकाका प्रमुख भरत केसी, वैत्येश्वर गाँउपालिकाका प्रमुख छवि लामा, विगु गाँउपालिकाका प्रमुख यूधिष्ठीर खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, पत्रकार महासँघका केन्द्रिय सदस्य द्धारिका काफ्ले, प्रदेश सचिव राजन गाउँले, पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, पूर्व जिल्ला अध्यक्ष राजेन्द्र मानन्धर, रामेछाप शाखाका अध्यक्ष रमेश ढुँगेल, प्रेस युनियन बागमति बिशेष क्षेत्रका सँयोजक रमेश खतिवडा, जिल्ला अध्यक्ष दिपसँकर चौंलागाई, दोलखा शाखाका उपाध्यक्ष मन्दिरा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भवन निर्माणमा सहयोग
पत्रकार महासँघ दोलखा शाखा ले निर्माण गर्न लागेको सुबिधा सम्पन्न भवनको लागि साधारण सभाको अबसरमा सहयोग जुटेको छ । साधारण सभाको अवसर पारेर पत्रकार महासँघ दोलखा शाखाका सँस्थापक अध्यक्ष स्वर्गिय देवदास श्रेष्ठका छोरा अनिमेस श्रेष्ठले ५ हजार ५ सय, रामचन्द्र कार्कीले ५ हजार ५ सय ५५ र पत्रकार उषा पाख्रिनले ५ हजार ११ तथा गायत्री आचार्यले ५ हजार १ सय ११ रुपैयाँ भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।