११ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवरमा चित्रकला प्रतियोगिता

दर्पण संवाददाता
चरिकाट, १५ भाद्र, गौरिशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले ११ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा नगर स्तरिय अन्तर आधरभुत विद्यालय चित्रकला प्रतियोगिता गराएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले पुस्तकालयबाट धेरै ज्ञान लिन सकिने र अहिलेको युगमा आफ्नो शक्ति भनेको ज्ञान भएको हुदा सवैले अध्यन गर्नुपर्ने बताउनु भयो । भूकम्प पछि निर्माण गरेको सामुदायिक पुस्तकालय नमुना पुस्तकालय रहेको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले बताउनु भयो । पुस्तकालय पुर्ण रुपमा अपाङग मैत्री भूकम्प प्रतिरोधी रहेको युवा, वालबालिका, महिला, बृद्ध तथा अपाङग सवैको लागि प्रविधि युक्त कक्षाको समेत व्यवस्था रहको अध्यक्ष बस्नेतले बताउनु भयो ।

सम्वृद्ध पुस्तकालय सुदृढ समाज भन्ने मुल नाराका साथ आयोजना गरेको कार्यक्रममा भिमेश्वर नगरपालिका भित्रका मावि तहका विद्यालयहरुको सहभागिता रहको थियो । चित्रकाला कार्यक्रममा अल्पाइन पव्लिक स्कुलका समुन्द्र थापा र कृष्टिना भुजेलले बनाएको चित्र प्रथम भएको छ । त्यस्तै त्रिपुरा ग्लोरीयस एकेडेमीका अभिनव राउत र अप्सरा खत्री द्धितिय भएका छन् भने कालिन्चोक स्कुलका फुर्णिमा शेर्पा र भिम माविका सोनिका श्रेष्ठ तृतिय भएका छन् ।