तामाकोशीको शयेर संकलनको लागि ७ दिनको म्याद थप, २१ गते सम्म आवेदन गर्न पाउने ।

दर्पण संवाददाता
चरिकोट, भाद्र १४, माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको शयेर संकलनको लागि ७ दिनको समय थप गरिएको छ ।

धितोपत्र बोर्डको आज बसेको वैठकले ७ दिनको समय थप गरेको माथिल्लो तामाकोशी जलबिधुत आयोजनाका प्रवक्ता डा गनेश न्यौपानेले बताउनु भयो । शयेर हाल्नको लागि नागरिको चाप अहिले पनि धेरै रहेको र समय आज मात्र भएको हुँदा समय अपुग हुने भएकाले समय थप गरेको जनाएको छ । तामाकोशीले शयेर संकलनको लागि आज अन्तिम मिति तोकेको थियो । बोर्डले ७ दिनको समय थप गरे संगै अव भाद्र २१ गते सम्म शयेर आवेदन गर्न पाउने भएका छन् ।

शयेर संकलनको लागि समय पर्याप्त नभएको भन्दै जिल्ला समन्वय समितिले सात दिनको समय थप गर्न आग्रह गरेको थियो । समन्वय समितिको आग्रह अनुसार माथिल्लो तामाकोशीले धितोपत्र बोर्डलाई सिफारिस गरेको र आज धितोपत्र बोर्डको बैठक बसि सात दिनको समय थप गर्ने निर्णय गरेको हो ।