बिधुत आपुर्ती नियमित गराउन प्राधिकरणलाई धानकर्षण

दर्पण संवाददाता
चरिकोट,४ भदौ, दोलखामा बिधुत् आपुर्ती नियमित नहुदा उद्योग व्यवसायमा ठुलो समस्या परेको भन्दै नेपाल बिधुत प्राधिकरण दोलखालाई आज ध्यानकर्षण गरिएको छ ।

दोलखा उद्योग बाणिज्य संघको नेतृत्वमा नागरिक समाज संचार कर्मी लगाएतको उपस्थीतिमा बिधुत प्राधिकरण दोलखा शाखा प्रमुख अमृतबाबु अधिकारीलाई ध्यानकर्षण पत्र समेत दिएका छन् ।
धेरै हाइड्रोपावरहरु निर्माण भई सकेको दोलखामा बिधुत नियमित आपुर्ती नहुँदा धेरै समस्या हुने गरेको उद्योग व्यवसायीहरुले बताएका छन् । बिधुत नियमित नुहुने, हाइभोल्टेज हुने, आउने जाने धरेै गरेको हुदा धेरै सामनहरु बिग्रीने गरेको चरिकोटका एक इलेक्टोनिक्स व्यवसायीले बताएका छन् ।

नागरिकलाई दैनिक आवश्यक पर्ने बिधुत प्राधिकरण बिधिन्न बहाना बनाई नागरिकलाई छल्ने काम भई रहेकोले त्यसको तत्काल समाधान गरि बिधुत नियमित गराउनको लागि नगरिक समाजका अध्यक्ष चिरन्जीवि मास्केले आग्रह समेत गर्नु भएको छ ।

बिधुत् प्राधिकरण दोलखा शाखाका प्रमुख अमृतबाबु अधिकारीले भने बर्षाद्को समयमा बढि बिधुत् उत्पादन हुँदा हाई भोल्टेजका कारण आपुर्तिमा समस्या आएको बताएका छन् ।