विमला बुढाथोकी
चरिकोट, २ भाद्र, जिल्लामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उदेश्यले दोलखाको सदरमुकाम चरिकोटमा पहिलो पटक मिस दोलखा ह्ुन लागेको छ ।
ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भदौ २० गते बाट सुरु हुने मिस दोलखामा १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका महिलाहरु सहभागी हुन पाउने ब्राइट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले बताए । सदरमुकाम चरिकोटमा हुन लागेको मिस दोलखामा सहभागी हुनको लागि यहि भदौ १३ गते बाट २० गते सम्म फर्म भर्नुपर्ने छ । मिस दोलखामा सहभागि भएर प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद सहित प्रमाणपत्र ट्रफि लगाएत अन्य पुरस्कारहरु वितरण गरिने आयोजकले जनाएको छ ।
जिल्लामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको ब्राइट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष बुढाथोकीले बताए । मिस दोलखाका लागि भदौ २० गते बाट तालिम सञ्चालन हुने छ । असोज २० गते मिस दोलखा छनोटका लागि जिल्लामा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।