जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समिक्षा सम्पन्न

जन स्वास्थ्य कार्यालय दोलखाले गत आर्थिक वर्ष सम्पादन गरेको स्वास्थ्य सम्वन्धी कार्यक्रमको वारेमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा चरिकोटमा दुई दिन सम्म संचालन गरिएको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित जन स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीहरूको समीक्षा गरिएको छ । कार्यक्रममा कार्यलयले संचालन गर्ने आगामी कार्यदिशाबारे महत्वपूर्ण छलफल समेत गरेको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र वुढा मगरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा स्वास्थ्य क्षत्रमा काम गरि रहेका विभिन्न संघ संस्था, गैरसरकारी संस्था तथा स्थानिय तहका स्वास्थ्य शाखाहरुले संचालन गरेको कार्यक्रमको वारेमा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लाका सवै स्थानिय तहले जनस्वास्थ्य कार्यालय संगको समन्वयमा जिल्लामा स्वास्थ्यको क्षत्रमा गरेको कार्यक्रम तथा उपलब्धी वारे रिर्पोट प्रस्तुत गरेका थिए ।

दोलखा जिल्लामा स्वास्थ्यको अवस्था र आगामी कार्य योजनाहरुको वारेमा सहभागीहरु विच छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिती दोलखाका प्रमुख वर्जुराम घतानीले आम नागरिक संग जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो । डाटाको विश्लेषण हुन नसक्दा र विशेष कारणहरुले गर्दा केहि समस्या देखिएको र नागरिकहरुले गुनासा गरेको हुँदा त्यस्ता विषयहरुमा केन्द्रीत रहन र सवै निकाय संग समन्वयमा काम गर्नका लागि निर्देशन दिनुभयो ।

वार्षिक समिक्षा कार्यक्रमको अवसरमा स्वस्थ्य क्षत्रमा काम गर्ने विभिन्न स्थानिय तहहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा छिमेकी जिल्ला सिन्धुपाल्चोक रामेछाप जिल्लाका जनस्वस्थ्य कार्यालयका कार्यालय प्रमुख तथा स्वास्थ्य क्षत्रका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।