चरिकोट, १९ साउन, दोलखाको भिमेश्वर नगरपालिका मेयर भरत बहादुर केसी नगर क्षेत्रको वजारलाई व्यवस्थीत वनाउको लागि सक्रिय भएका छन् ।
नगर क्षेत्रको चरिकोट वजारलाई व्यवस्थीत बनाउने अभियान अन्र्तगत फुटपाथ हटाउने तथा वजार व्यवस्थीत बनाउने अभियान नगरपालिकाले आजबाट सुरु गरेको छ । यो अभियानको नेतृत्व गर्दै भिमेश्वर नगरपालिका मेयर भरत के.सी आफै बजारमा निस्किएका छन् । सुरक्षाकर्मी, जनप्रतिनिधी सहित अभियानमा निस्किएका मेयरले बजार क्षेत्रमा रहेका नरपालिकाले तोकिएको भन्दा मापदण्ड भन्दा ठुला आकारका होडिङ र्वोड, फलामे भ¥याङ, फुटपाथ, वजार क्षेत्रमा रहेका पसल अगाडीका टहरा समेत हटाइको छ ।
व्यापारीहरुलाई पटक पटक नगरपालिकाले फुटपाथ, होडिङ बोर्ड, भ¥याङ हटाई नगरपालिकाको मापदण्डमा आउनको लागि पत्रचार गर्दा समेत व्यापारीहरु नमाने पछि आफु बाध्य भएर सो कदम चाल्नु परेको मेयर केसीले बताउनु भयो ।
अब व्यवसायीले नरपालिकाले नगर क्षेत्र भित्र तोकिएको आकारमा मात्र व्यवसायिक होडिङ वोर्ड राख्न पाउने भएका छन् । नगरपालिका क्षेत्रको वजारलाई व्यवस्थित बनाउन सुरु गरिएको अभियान आइतवार चरिकोट बजारको पशुपतिडाँडा देखि सातदोबाटो चोक सम्म गरिएको थियो । भीमेश्वर नगरपालिकाले चरिकोट बजारमा नक्सापास बिना बनेका संरचना हटाईै फुटपाथ बनाउ लागिएको मेयर के.सीले बताउनु भयो ।
विज्ञापन गरे वापत नगरपालिकालाई शुल्क तिर्नु पर्ने भएको हुँदा विज्ञापनको लागि सशुल्क छुदै ठाँउमा व्यवस्थापन गरिने पनि मेयर केसीले बताउनु भयो ।
वजार व्यस्थापनको लागि यो सवैको साझा विषय भएको हुँदा नगरपालिकाको मापदण्ड बाहिर रहेका व्यवसायीहरुलाई नगरपालिकाले तोकेको मापदण्डमा आउनको लागि आग्रह समेत गर्नु भयो ।
सो अभियानमा नगरपालिका उपमेयर कमला बस्नेत, वडा अध्यक्षहरु नविन लामा, हरिशरण शिवाकोटी, रामचन्द्र बस्नेत हरिवंश चौलागाई तथा अन्य जनप्रतिनिधी सुरक्षाकर्मी लगाएतले साथ दिएका थिए ।
थप तस्विरहरु
