साउन १७/ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल विहिवार विहान प्रकाशित गरेको छ ।
गत वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल परीक्षा बोर्डले बिहीबार प्रकाशित गरेको हो । पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिएको बोर्डले जनाएको छ ।
बोर्डले प्रकाशित गरेको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् ।
त्यसै गरि ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २ सय २१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा २७ हजार ६ सय ४३, २.४१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।
यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना परिक्षार्थी उत्रिण भएको बोर्डले जनाएको छ ।
नजिला हेर्नको लागि यो लिङ्कमा जानुहोला