

खिम्ती ग्रामिण विधुत सहकारी संस्थाले आफनो संस्थाको नाम दुरुपयोग गर्दै वोलपत्र आह्वन सम्वन्धी जारी भएको सुचना प्रति संस्थाको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । खिम्ती ग्रामीण विधुत सहकारी संस्थाको नाममा गत कार्तिक ६ गते वोलपत्रको सामान्य नियम समेत पुरानगरी प्रभाव दैनिकमा वोलपत्र सम्वन्धी जारी भएको सुचना संस्थाको संस्थाको आधिकारीक सुचना भएको र वोलपत्र सम्वन्धी संस्थाबाट कुनैपनि सुचना जारी नभएको खिम्ती ग्रामीण विधुत सहकारी संस्थाका प्रवन्धक कुमार फुयाँलले बताउनुभयो ।
संस्थालाई नै जानकारी नभई संस्थाको नाम प्रयोग गरी वोलपत्रको सामान्य नियमनै पुरा नगरी बोलपत्र आश्यको ३० दिने सुचना जारी भएको निर्माण व्यवसायीहरुबाट जानकारी प्राप्त भएको र पत्रिकामा सो सुचना जारी भएको पाइएकोले संस्थाको गम्भिर ध्यानकर्षण भएको संस्थाले जनाएको छ । गत कार्तिक ६ गते प्रवाह दैनिक पत्रिकाको पुष्ट ६ मा झाँक्रे २ मिनी हाइड्रो निर्माणको लागि भन्दै ३० दिने वोलपात्र आह्वान सम्वन्धी सुचना प्रकाशित भएको थियो । सो सुचना संस्थालाई जनाकारी नभएको र सुचना देखिए पछि मात्र जानकारी भएको प्रवन्धकले जनाएको छ ।
झाँक्रे २ मिनि हाइड्रो निर्माणको लागि बोलपत्र भनिएकोमा झाक्रे २ आयोजना नेपाल नविकरणीय उर्जा कार्यक्रमको ५० प्रतिशत, तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र संस्थाको संयुक्त लगानीमा निर्माण हुने आयोजना रहेको र नविकरणीय उर्जा कार्यक्रम संग सम्झौता समेत भई नसकेको अनुदान कर्ता र स्थानिय तह तथा संस्थाको विचमा छलफल तथा विभिन्न प्रकृया वाँकी रहेको हुँदा त्यस्ता गलत सुचनाको पछि नलाग्न संस्थाले निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ । संस्थाको कार्यालय तामाकोशी गाउँपालिका वडा नम्वर ५ किर्नेमा रहेको हुँदा कोहि कसैलाई भ्रममा नपर्न आग्रह गरिको छ । वोलपत्र आह्वन सम्वन्धी गतल सुचना गर्नेलाई छानविन गरी कारवाहीको लागि काननी निकायमा उजुरी गरी सकेको र कारवाही गरीने प्रवन्धक फुयाँलले बताउनुभयो ।
