दर्पण संवाददाता
मेलुङ ,पुस ३ दोलखाको मेलुङ गाउपालिकाले अपाङगता भएका व्यक्तिको लागि अपाङगता परिचय पत्र वितरण गर्नका लागि आजबाट शिविर संचलन गरेको छ । 
गाउपालिकाको कार्यालयमा आजबाट सुरु भएको शिबिरमा वडा नम्बर १ र २ का ६२ जना अपांगहरुले परिचयपत्र लिएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वोकर्माले बताउनु भयो । गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले अपाङगता भएका व्यक्तिलाई अपाङगता परिचयपत्र वितरण गरेर शिविर संचालन गर्नु भएको थियो । मेलुङ गाउँपालिकाको कार्यलय भेड्पुमा संचालन गरिएको सिविरमा वडा नम्वर १ र २ का अपाङगता भएका ६२ जना व्यक्तिलाई गाउपालिका प्रमुख नर बहादुर श्रेष्ठले परिचय पत्र बितरण गर्नु भएको थियो ।
तिन दिन सम्म संचालन हुने शिविरमा आज पहिलो दिन वडा नम्वर एकमा रातोकार्ड पाउने १३ जना, निलोकार्ड पाउँने २० जना, पंहेलो कार्ड पाउँने ७ जना र सेतोकार्ड पाउँने ११ जना गरि जम्मा ५१ जना रहनु भएको छ भने यस्तै वडा नम्वर दुईमा रातोकार्ड पाउँने १ जना, निलोकार्ड पाउँने २ जना, पंहेलो कार्ड पाउँने ७ जना र सेतो कार्ड पाउँने १ जना गरि जम्मा ११ जनाले परिचयपत्र लिनु भएको छ । शिबिरमा अपाङ्ग भएका ब्याक्तीहरुको स्वास्थ परिक्षण समेत गरिएको थियो। शिबिर ५ गते सम्म संचालन हुने छ ।