हाइड्रो कार्यदलले सडक निर्माणको रकम माग गरेको हो, गतल हल्लाको पछि नलाग्न संयुक्त हाइड्रोपावरको आग्रह

दर्पण संवाददाता
चरिकोट, मंसिर ११
दोलखाको उत्तरी क्षेत्रमा निर्माण भई रहेको पाँच हाइडोपावरले आज संयुक्त विज्ञप्ती प्रकाशन गरी हाइड्रोपावरले कसैलाई पार्टीको नाममा र दवावको आधारमा विना कारण भुक्तानी नदिएको स्पष्ट पारेको छ ।

हाइडोपावरले आज एक विज्ञप्ती जारी गर्दै केहि दिन अघि केहि संचार माध्यममा आएको समाचारहरु गतल भएको र त्यस्ता गतल समाचारको हल्लाको पछि नलाग्न आग्रह गरेको छ । दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ७ देखि ९ मार्वु सम्म सडक निर्माण भइ हाइडोपावर निर्माणको काम भई रहेको अवस्थामा गत साउन २२ गते आएको पहिरोले सडक भत्केको र हाइडोपावरको सामान ढुवानी तथा निर्माणमा समस्या भएका कारण संयुक्त हाइडोपावरले निर्णय गरेर स्थानिय जनप्रतिनीधी, हाइड्रोपावर कार्यदलको छलफलबाट कार्यदललाई सडक खोल्ने जिम्मा दिने र त्यसको लागत संयुक्त हाइड्रोवारले भुक्तानी गर्ने सहमती भएको जनाएको छ । सहमती अनुसार हाइड्रोपावर कार्यदलले दशै अगावै काम सम्पन्न गरि सकेको र लागतको आधारमा हाइड्रोपावर कार्यदलले रकम माग गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । कार्यदलले रकम माग गरे पनि कसैको खातामा हाइडोपावर कम्पनी रकम भुक्तानी नगरेको स्पष्ट पारेको छ ।

केहि दिन अघि केहि संचार माध्यममा नेकपाका गाउँपालिका कामिटिका नेताहरुले हाइड्रोलाई व्यक्तिगत खातामा रकम हाल्न दवाव दिएको भन्ने समाचार प्रकाशन भएको थियो । हाइड्रोपावर कार्यदलले काम गरेको रकम माग गरेको र कुनै पाटी तथा व्यक्तिहरुले रकम भुक्तनीको लागि हाइड्रोलाई दवाव नदिएको जनाएको छ ।

ग्रिनलाइफ हाइड्रोपावर प्रालि, मनकामना हाइड्रोपावर प्रालि, सासाई हाइड्रोपावर प्रालि, यूनिभर्सल हाइड्रोपावर प्रालि, र सुरी हाइड्रोपावर प्रालि ले आज संयुक्त विज्ञप्ती जारी गर्दै कोहि कोहि कसैलाई व्यक्तिगत रुपमा रकम भुक्तानी नगरेको र समयमानै काम सम्पन्न गरेकोमा कार्यदललाई धन्यवाद दिएको छ । स्थायिन जनप्रतिनीधी हाइड्रोपावर, नागरीक अगुवा, हाइड्रो कार्यदलको विचमा सहमतीमानै सडक निर्माण भएको र सो लागत सवै हाइड्रोहरुले संयुक्त रुपमा भुक्तानी गर्ने सहमती भएको जनाएको छ । नेपाल कम्यूनिष्ठ पाटी गौरिशंकर गाउँपालिका कमिटीका अध्यक्ष जंग गुरुङले सहमतीमानै समितीले काम गरेको र सो काम गरे वापतको रकम माग गरेको जनाएको छ । पाटीकै केहि जिम्मेवार व्यक्तिहरुले आफनो पदिय मयार्द भुलेर आफुलाई वदनाम गराउन खोजेको र गलत प्रचार गरेको बताउनु भयो । पहिरोले विभिन्न क्षेत्रमा ठुलो क्षेती पुगेको सडक समयमा निर्माण नहुँदा स्थानियलाई समस्या हुनुका साथै हाइड्रोको सामान ढुवानीमा समस्या भएका कारण कार्यदलले सडक निर्माण गरेको र सो रकम कार्यदलले माग गरेको बताउनु भयो । गतल सोचाइ भएका पाटिभित्रको जिम्मेवार व्यक्तिहरुले गतल प्रचार गराई वदनाम गराउन खोजेका हुँदा त्यस्ता गलत प्रचारको विश्वास नगर्न अध्यक्ष गुरुङले आग्रह गर्नु भयो ।