दर्पण संवाददाता
नाम्दु
दोलखाको बैतेश्वोर गाउपालिका नाम्दुमा रहेको बैतेश्वोर महादेबको मन्दिर मन्दिर निर्माण सम्पन्न भएको छ ।
भुकम्पले ध्वस्त भएको मन्दिर आकर्षक तरिकाले पुरानै शैलीमा निर्माण सम्पन्न भएको हो । बैतेश्वोर गाउपालिकाको सहकार्यमा पुरातात्त्विक बिभागको सहयोगकमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो । बैतेश्वोर गाउपालिका वडा नम्बर ६ नाम्दुमा रहेको यो मन्दिरमा तिज शिवरात्री बालचतुर्थीको बेलामा भब्य मेला लाग्ने गरेको छ । उक्त मन्दिरमा दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।
पुरानै शैलिमा आकर्षक तरिकाले निर्माण सम्पन्न भएसंगै धेरै पर्यटक तथा भक्तजन हरुलाइ आकर्षित गराएको पाइन्छ । पछिलो समय यस मन्दिरमा पुग्ने हरुको संख्या बढ्दै गएको छ । पुरानो ऐतिहासिक महादेबको मन्दिरकै नामबाट बैतेश्वोर गाउँपालिकाको नामकरण समेत भएको छ । 
सदरमुकाम चरिकोटबाट नजिकै र गाउपालिकाको कार्यालय बाट १० मिनेटमा पुग्न सकिने उक्त ऐतिहासिक बैतेश्वोर महादेवको मन्दिर प्रचारप्रशारको अभाबमा ओझेलमा परेको छ । गाउपालिकाले उक्त मन्दिर तथा अन्य पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा ध्यान दिई प्रचारप्रसार गर्न सके सिंगो गाउपालिकामानै फाइदा पुग्ने छ । प्रचार प्रसार गरि धार्मिक तथा अन्य पर्यटकहरुलाइ आकर्षित गराउन सकिन्छ ।

