दर्पण संवाददाता
कार्तिक ५
दोलखामा आज एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका, मेलुंग गाउँपालिका, कालिञ्चोकगाउँ पालिका र बैतेश्वर गाउँपालिकाका गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको विभिन्न ठाउँ बाट संकलन गरेको ४३ जनाको स्वाब पीसीआर परीक्षण गर्दा१३ जनाको पोजेटिभ र बाँकी सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसमा ८ जना पुरुष र ५ जना महिला रहेका छन् । भिमेश्वर नगरपालिकाका ३ जना महिला, राष्टि पुर्ननिर्माण प्राधिकरणका ३ जना कर्मचारी र बाँकी गाउँपालिकाका नागरिकमा संक्रमण देखिएको हो ।
पछिल्लो विवरणसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लाका ७९ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
